logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा एकैदिनमा थपिए १२१ कोरोना संक्रमित


अंकुरण खबर
884
Shares

पाल्पामा एकैदिनमा थपिए १२१ कोरोना संक्रमित

पाल्पामा बिहीबार एकैदिनमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

संक्रमित १ सय २१ जनाको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका साथै प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षण गरिएको थियो ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ६६ पुगेको छ । पाल्पामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।