logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा थपिए दुई जना कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

ललितपुरमा कोरोना संक्रमण फैलिँदै गएको छ ।

बिहीबार थप दुईमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय ललितपुर स्रोतले जनाएको छ ।

ललितपुर महानगरपालिकाका १८ वर्षीय र महालक्ष्मी नगरपालिकाका ३३ वर्षीय गरी दुई युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ललितपुर महानगरपालिका ५ का युवाको असार ८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बुझिएको छ । उनलाई बुधबार पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा भर्ना गरिएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३३ वर्षका अर्का युवाको पनि राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण भएको बिहीबार बिहान पुष्टि भएको हो । उनलाई बुधबार पाटन अस्पतालको आइसोलसन वार्डमा भर्ना गरिएको छ ।

अहिलेसम्म ललितपुर जिल्लामा कोरोनाबाट एकको मृत्यु भएको छ । ६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।