logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चक्कु प्रहार गरी पत्‍नी हत्या आरोपमा पक्राउ


अंकुरण खबर
1.339K
Shares

काठमाडौंमा चक्कु प्रहार गरी पत्‍नी हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोखा नगरपालिका ३, बानियाँटार हाइट बस्‍ने ४३ वर्षीय कृष्णहरि बानियाँ छन् ।

उनले ४० वर्षीया पत्‍नी सलिना बानियाँ खड्कालाई धारिलो चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगन्‍जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।