logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्यूठानका थप सात जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.456K
Shares

प्यूठानमा आज (विहीबार) थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई महिला र पाँच पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए ।

आज बिहान पुष्टि भएका सातै जना ऐरावती गाउँपालिका–२ का हुन् । योसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने २ जना उपचारपछि निको भएका छन् ।