प्रहरीले सर्लाहीबाट ४१ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
बागमती नगरपालिका१२ बाट ४१ केजी गाँजासहित ३६ वर्षीय सन्तबहादुर ब्लोनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ब्लोनको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको जनाइएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको छ ।