नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन्। ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत शाहीलाई ब्युरोले बिहीबार नियन्त्रणमा लिएको हो।
बुधबार पेप्सीकोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा शाही तानिएका ब्यूरोका प्रवक्ता एसपी प्रविन धितालले बताए। धितालले भने, ‘लागूऔषध कारोबारमा उनको संलग्नताबारे अनुसन्धान भैरहेको छ।’
कारोबारमा संलग्नता भए/नभएको बारे पनि अनुसन्धान भैरहेको छ ।