नेपालमा आज थप ४३४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मेलनमार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।
बिहीबार देशका विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने आज ३१२ जना डिस्चार्ज भएका छन्।