logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकाका तीन जिल्लामा थपिए ९ कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण पुष्टि भएको हो।

देशभर पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कुल ११ हजार १ सय ६२ जना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २६ पुगेको छ।