डडेल्धुरामा थप १० जनामा कोरोना देखिएको छ । बिहीबार एक जना महिलासहित नौ पुरुषमा कारोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा डडेल्धुराका अजयमेरु गाउँपालिकाका ७ जना र परशुराम नगरपालिकाका ३ जनामा कोरोना देखिएको हो ।
योसँगै डडेल्धुरामा २ सय १५ जना कोरोना संक्रमित पुगेका छन् । जसमध्ये अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।