logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाभाइरसः भारतमा एकै दिनमा सबैभन्दा धेरै संक्रमित थपिए


अंकुरण खबर
728
Shares

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस अहिले विश्वका लागि ठूलो चिन्ताको विषय बनिरहेको छ ।

छिमेकी देश भारत पनि यसको चपेटामा नराम्रोसँग फसेको छ । भारतमा केही दिन यता कम्तिमा पनि १६ हजार संक्रमित दैनिक थपिएका छन् ।

शुक्रबार भारतीय मिडियामा आएको समाचार अनुसार भारतमा २४ घन्टामा १७ हजार २ सय ९६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो अहिलेसम्म भारतमा एकै दिन थपिएका सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित हुन् ।

यसका साथै अब भारतमा ४ लाख ९० हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । बिहीबार भारतमा कोभिड-१९ का कारण ४ सय ७ जनाको निधन भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय १ पुगेको छ । एजेन्सी