logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिपको ठक्करबाट तीन जनाको मृत्यु


अंकुरण खबर
962
Shares

मोरङमा जिपको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको जिपको ठक्करबाट तीन जनाको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको उक्त जिपले पैदल यात्री महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले जानकारी दिए।

गिरीका अनुसार महिलाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै जिपले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको गिरीले जानकारी दिए।

स्कारपिओका मालिकसमेत रहेका चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।