नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छैनन्।
बुधवारबाट शुरु भएको स्थायी कमिटीमा आजबाट विभिन्न एजेन्डामाथि छलफल हुने कार्यक्रम रहेको छ। बुधवार प्रारम्भ भएको बैठकले सात वटा एजेन्डा स्वीकृत गरेको थियो।
उक्त एजेन्डामाथि स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने आजको कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओली सहभागी नभएका हुन्।
बुधवारको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।
स्थायी कमिटी बैठकमा आज वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने तयारी गरेका छन्।
बैठक सञ्चालनको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाइसकेकाले ओली बैठकमा अनुपस्थित भएको बताइएको छ।