logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिमेन्टको ब्लकले हानेर आफ्नै साथीको हत्या, तीनजना पक्राउ


अंकुरण खबर
962
Shares

आफ्नै साथीको हत्या गर्ने तीनजना पक्राउ परेका छन् ।

हत्यामा संलग्न रहेको आशंकामा ओखलढुंगाका ४७ बर्षीय शम्भु विक, पकनाजोलका ५३ बर्षीय कुष्णमान शाक्य र काभ्रे दोलालघाटका ५६ बर्षीय राम लामा पक्राउ परेको महानगरीय प्रहरी वृत स्वयम्भूका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

आज बिहान शोभाभगवतीको पुल छेउमा एकजना मानिसको शव भेटिएको थियो । उक्त शव ओखलढुंगा घर भएका ४५ बर्षीय श्याम परियारको भएको बुझिएपछि उनको हत्याबारे प्रहरीले अनुसन्धान थालेको थियो ।

सो क्रममा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाले गए राति सँगै रक्सी खाएर मातेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या गरेको स्वीकारेका छन् । उनीहरु स्ययम्भु क्षेत्रमा दिनभर सँगै माग्ने र राति रक्सी सँगै खाने गर्दै आएका थिए ।

रक्सीको पैसा तिर्ने क्रममा विवाद भएपछि श्यामलाई सिमेन्टको ब्लकले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।