कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जुम्लामा रहेका काठमाडौं टोखा निवासी २९ वर्षीय पुरुष सहित ७ जिल्लाका २६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सुर्खेतका १३, दैलेखका ५, सल्यानका ३, जाजरकोटका २ र जुम्लाका १ जनामा कोरोना संक्रमण देखिएको हो।
यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
