logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक युवतीको मृत्यु


अंकुरण खबर
910
Shares

सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ।

महोत्तरी बर्दिबास नगरपालिकास्थित पाटु घर भई सिन्धुली घ्याङलेख गाउँपालिका १ बस्दै आएकी २१ वर्षीया महिलाको मृत्यु भएको हो।

ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि बिहीबार दिउँसो अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार बिहान निधन भएको हो।

उनको स्वाब संकलन गरि नमुना परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आउन बाँकी छ।