स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको जनाएको छ ।
मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिचान नखुलेकी एक महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो । असार ११ गते अन्दाजी २५/३० वर्षीया एक महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएको र उनलाई अस्पताल पुर्याउँदा मृत पाइएको प्रवक्ता गौतमले जानकारी दिए ।
उनको सोही दिन स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा असार १२ गते कोरोना संक्रमणको पुष्टि भएको छ ।
मृतकको पहिचान नखुलेको र उनको बारे थप जाँच भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।