logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा शुक्रबार थपिए ३ कोरोना संक्रमित


अंकुरण खबर
754
Shares

काठमाडौंमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको हो।

पछिल्लो २४ घण्टामा नेपालभर थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।