logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब थप १० ठाउँबाट पीसीआर परीक्षण हुने


अंकुरण खबर
858
Shares

सरकारले कोरोना संक्रमणको पीसीआर परीक्षण १० ठाउँमा थप गरेको छ।

हाल सञ्चालनमा रहेका २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। स्वास्थ्य मन्त्रालयले देशका विभिन्न १० वटा ठाउँमा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो।

अब मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालबाट पनि पीसीआर परीक्षण गरिने भएको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा १० असारमा बसेको बैठकले १० वटा प्रयोगशालाहरू थप गर्ने निर्णय गरेको थियो।