logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित


अंकुरण खबर
1.261K
Shares

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये २२ जना स्याङ्जाका छन् भने ८ जना बाग्लुङका छन् । बाँकी दुई जना पूर्व नवलपरासीका रहेका छन् । बाग्लुङको काठेखोलाका सात र ढोरपाटनका एक जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङजाको अर्जुनचौपारीका १९, पुतलीबजार, बिरुवा र वालिङका एक–एक जनामा संक्रमण देखिएको छ । नवलपरासी पूर्वका संक्रमित भने हुप्सेकोटका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएका हुन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।