logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको संख्या करोड नजिक, ४ लाख ९३ हजार भन्दा बढीको मृत्यु


अंकुरण खबर
1.638K
Shares

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ९३ हजार ६०९ जना पुगेको छ ।

एजेन्सीका अनुसार हालसम्म संक्रमितको संख्या ९९ लाख चार हजार ९६३ जना पुगेको छ भने, लगभग ५३ लाख जना संक्रमितहरु उपचारपछि निको भएका छन्।

कोरोनाको प्रभाव सबै भन्दा बढी अमेरिकामा परेको छ । यो समाचार तयार पार्दासम्म त्यँहा हालसम्म २४ लाख ६७ हजार ६५८ जना संक्रमित भएका छन् । एक लाख २५ हजार ४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म १२ लाख ८० हजार ५४ जना संक्रमित भएका छन् भने, ५६ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुने अमेरिका पछि दोस्रो मुलुकमा पर्छ । अन्य मुलुकमा पनि कोरोना संक्रमणको दर तिव्र गतिमा बढीरहेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म भारतमा १५ हजार भन्दा बढीको मृत्यु भएको छ भने, ५ लाख ९ हजार जना भन्दा बढी संक्रमित भएका छन् । २ लाख ९५ हजार निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोनाका कारण २७ जनाको मृत्यु भएको छ, भने ११ हजार ७ सय ५५ जना संक्रमित भएका छन् । त्यस्तै २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएका छन् ।