logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै , बाँकी सदस्यले धारणा राख्ने


अंकुरण खबर
1.118K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजेपछि सुरू हुनेछ। बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए।

आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने छन् । बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका विषयमा बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

हिजोको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए।

हिजोको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको भन्दै सदस्यहरूले विरोध समेत  जनाएका थिए।