logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु


अंकुरण खबर
1.17K
Shares

चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-७ का ५० बर्षिय पुरुषको आज बिहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ ।

उनलाई कलेजोको क्यान्सर समेत भएको थियो । उनी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए ।

चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ भने चितवनमा मात्रै २ पुगेको छ ।