logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला


अंकुरण खबर
2.093K
Shares

भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमण झन् बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा २० हजार १३१ जना नयाँ संक्रमित थपिएका छन् भने ४१४ जनाको मृत्यु भएको छ। भारतमा एकै दिन यतिधेरै संक्रमित थपिएको यो पहिलो पटक हो।

यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २९ हजार ५७७ पुगेको छ भने १६ हजार १०३ जनाको मृत्यु भएको छ। जसमध्ये ३ लाख १० हजार १४६ जना उपचारपछि निको भएका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार ५६८ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८१ हजार ५४५ पुगेको छ भने ५ लाख १ हजार २९८ जनाको मृत्यु भएको छ।