logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि देशैभर वर्षा हुने सम्भावना


अंकुरण खबर
819
Shares

आज (आइतबार) पनि देशैभर वर्षा हुने र विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान पनि देशभरका केही स्थानमा वर्षा भई नै रहेको छ भने दिउँसो धेरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै प्रदेश नम्बर १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का एक–दुई स्थानमा ठूलो पानी ९भारी वर्षा० पर्ने सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने र प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार अझै तीन दिन वर्षा रोकिने छैन। मंगलबारसम्मै देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ।

वर्षाका कारण बाढीपहिरो, डुबान हुने तथा यात्रामा अवरोध आउन सक्ने भन्दै केही दिनदेखि महाशाखाले २४ घण्टे चेतावनी जारी गरिरहेको छ।