logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्य हाल सम्मकै उच्च, आज कतिमा हुदैँछ कारोबार?


अंकुरण खबर
1.274K
Shares

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ।

आज आइतबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यो सुनको मुल्य हाल सम्मकै उच्च हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार  ६ सयमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको छ। चाँदी पनि शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।