कोरोना पुष्टि भएकी मध्यपुरथिमि नगरपालिका-९ बोडे निलबाराहीकी ४ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ ।
बालिकामा कोरोना पुष्टि भएसँगै बालिकाको ६ जना परिवारलाई घरमै क्वरेण्टीनमा राखिएको छ ।
पाँच दिनअघि बालिकालाई एपेन्डिसाइटिस भएपछि उपचारका लागि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गल लगेपछि उनको स्वाब संकलन गरिएको थियो । चिकित्सकले एपेन्डिसाइटिस शल्यक्रिया गर्नु नपर्ने भन्दै औषधि दिएर पठाएको परिवारले बताएका छन् ।
सङ्क्रमित बालिकालाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने पुष्टि नभएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।