logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा चट्याङको आवाजले बेहोश भएका युवकको मृत्यु


अंकुरण खबर
1.755K
Shares

उदयपुरमा चट्याङको आवाजले बेहोश भएका युवकको मृत्यु भएको छ।

चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ वर्षीय दिपेश मगरको शनिबार मृत्यु भएको हो।

शनिबार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला उनको नजिकै परेको चट्याङको आवाजले उनी बेहोस भएका थिए।

बेहोश भएका मगरको उपचारका लागि धरानको बि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि उपचारकै क्रममा राति अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

उनको के कारणले मृत्यु भएको हो भन्नेबारे पोष्टमर्टमबाट विस्तृत विवरण आउने जनाइएको छ ।