logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-भारत खुल्ला सीमा बन्द गरी दुबैतर्फ पाँच मिटरको पर्खाल लगाउन गौतमको माग


अंकुरण खबर
1.339K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले नेपाल–भारत प्रवेशमा कडाइ गर्न भिसाको व्यवस्था गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको स्थायी बैठकमा गौतमले नेपाल भारतका खुला सीमामा पर्खाल लगाउनुपर्ने बताएका छन् ।

उपाध्यक्ष गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्लो पर्खाल लगाउन सरकारसँग माग गरेका छन् । उनले दुवै छिमेकी राष्ट्रसँग रहेका समस्या शान्ति वार्तावाट नै समाधान गर्नुपर्ने बताए ।

उनले बैठकमा भनेका थिए, ‘अब ढिला नगरी नेपाल भारतबीच रहेको खुल्ला सीमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध हनुपर्छ । सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ ।’