logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवातास खेल्ने १३ जना पक्राउ


अंकुरण खबर
1.586K
Shares

पोखरा महानगरपालिका ८ ईन्द्रपुरी टोल बस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला ३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित प्रहरीले पक्राउ गरेको छ ।

गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद तथा तास सहित प्रहरीले पक्राउ गरेको हो।

यसैगरी पोखरा महानगरपालिका ८ रत्नचोक सुगम मार्ग बस्ने ३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ।