पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको हो ।
शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।
उनी असार १२ गते मात्रै भारतको मुम्बईबाट आएर क्याम्पसको क्वारेन्टिनमा बसेका थिए ।
कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी प्रयोगशालामा पठाइ सकिएको छ । रिपोर्ट आएपछि मात्रै उनको अन्त्येष्टि गरिने छ ।