अर्थ

भोलिदेखि शेयर बजार खुल्ने

भोलि सोमबारदेखि शेयर बजार खुल्ने भएको छ ।

आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको हो ।

सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा सञ्चालन गर्न दवाव परेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए।

असार ६ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले बजार खोल्ने विषयमा अध्ययन गर्न कार्याकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा बोर्डले बजार खोल्ने निर्णय गरेको हो ।

Comment here