काठमाडौं प्रशासनले उपत्यका बाहिर जादाँ लिनुपर्ने सवारी पासको ढाँचा परिवर्तन गरेको छ ।
अबदेखि निवेदकले जिल्ला प्रशासन कार्यलयको ढाँचा अनुसार निवदेन दिनुपर्ने भएको छ । ढाँचामा उल्लेख भए बमोजिम यात्रुहरूको नाम, उमेर, सम्पर्क नम्बर लगायतका सबै विवरण भर्नुपर्ने भएको छ ।
कार्यालयले यो ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदन दिन सक्ने जनाएको छ । यस्तो ढाँचा पसलहरुले बेच्न चाहे ५ रुपैंया भन्दा बढि नलिन प्रशासनले जनाएको छ ।
निवेदनका साथमा जानु पर्ने ठाँउ समेत खुलाउनुपर्ने छ । स्थानीय तहको सिफारिश तथा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत निवेदनसँगै राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
लकडाउन खुकुलो भएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा आउँने र बाहिरिनेको संख्या बढ्दो छ । गृहमन्त्रालयले हालै उपत्यका प्रवेशमा समेत कडाई गरेको छ।
उपत्यकामा विशेष काम परेर आउन चाहनेले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने सर्त राखिएको छ।