कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ।
धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकार (मन्त्रिपरिषद्)को गत शुक्रबार बसेको बैठकले जुम्लाबाहेक अन्य ९ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।