logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्यूठानमा थप २९ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.04K
Shares

प्यूठानमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय प्यूठानले दिएको जानकारी अनुसार आइतबार थप २९ जना संक्रमित थपिएका हुन् । प्यूठान नगरपालिकामा चार , मल्लरानी गाउँपालिकामा सात, माण्डवी ६, सरुमारानीमा पाँच र स्वर्गद्धारी नगरपालिकामा सातजना गरी कुल २९ जनामा कोरोना पुष्टि भएको ‍हो ।

संक्रमित हुनेहरु १४ देखि ६२ वर्ष उमेर समूहका छन् । हालसम्म जिल्लाभर संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन एवं जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहमा कोरोना संक्रमित देखिएका छन् । संक्रमितमध्ये दुईजना निको भएर घर फर्किएका छन्।