वीरगञ्जबाट आइतबार थप २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएको अस्पतालका को-ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
उनीहरुको लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको हो । निको भएर घर फर्किनेमा तीन जना महिला र १८ जना पुरुषहरु रहेका छन् ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना,पटेर्वा सुगौली गाउँपालिकाका दुई,पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एकरएक जना रहेका छन्।
आइतबार अस्पतालबाट २१ जना डिस्चार्ज भएसँगै अब कोरोना विशेष अस्थायी गण्डक अस्पतालमा ६ जना मात्रै कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।