logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थपिए ४६३ कोरोना संक्रमित, संक्रमितको संख्या १२,७७२ पुग्यो


अंकुरण खबर
767
Shares

देशभर आज ४६३ जना नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४६२ जना नयाँ संक्रमित देखिएसँगै हालसम्म देशभर १२,७७२ जना संक्रमित पुगेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घन्टामा १७९ जना डिस्चार्ज भएको बताउनुभएको छ ।

यससँगै अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ३१ पुगेको छ । नेपालको ७७ वटै जिल्लामा कोरोना देखिएको छ ।