उदयपुरमा चट्याङ लागेर थप एकजनाको मृत्यु भएको छ ।
शनिबार साँझ वर्षासहित परेको चट्याङबाट घाइते भएका चौदण्डीगढी नगरपालिका–५ का १८ वर्षीय दिपेश मगरको आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा काम गर्ने क्रममा चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए ।