काभ्रेमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बेथानचोक गाउँपालिका वडा न ४ का एक २३ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।
उनका अनुसार संक्रमित युवा भारतको दिल्लीबाट असार २ गते नेपाल फर्किएका बताईएको छ । उनलाई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।
धुलिखेल अस्पतालमा उनको स्वाब परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको छैटौं कोरोना सक्रमित हुन् ।
यस अघि जिल्लामा ५ जनामा कोरोना सक्रमण देखिएको थियो । सबै संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किसकेका छ्न् ।