logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थपिए ४० जना कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

दाङमा आइतवार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जिल्लाका विभिन्न क्षेत्रबाट संकलन भएका ६०७ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले बताएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६८९ पुगेको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् ।

जिल्लामा एक सयभन्दा बढी निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान समेत गइसकेको छ ।