logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिपी प्रतिष्ठान धरानबाट आज १ जना डिस्चार्ज


अंकुरण खबर
767
Shares

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचार गराइरहेका एक कोरोना सङ्क्रमित आज डिस्चार्ज भएका छन् ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आज एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

यो सँगै प्रतिष्ठानबाट हालसम्म १७७ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिष्ठानको आइसोलेसनमा अब ३६ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विगत २४ घण्टामा प्रतिष्ठानमा नयाँ कोरोना संक्रमित भने थपिएका छैनन् ।