प्युठानमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
संक्रमित फेला परेकाहरूमा गौमुखी गाउँपालिकाका दुई, झिम्रुक र माण्डवी गाउँपालिकाका एक / एक जना छन्। उनीहरू १७ देखि २९ वर्षसम्मका एक महिला र तीनजना पुरुष रहेको बताइएको छ।
प्युठानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या कूल २९९ पुगेको छ।