अर्थ

आज यूके पाउण्डको मूल्य घट्यो, डलरको स्थिर

आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ १३ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ७२ पैसा छ।

Comment here