logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलामा पहिरोले घर पुरिँदा बाबु छोराको मृत्यु, अन्य पाँच जना घाइते


अंकुरण खबर
1.313K
Shares

दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर नौगाड गाउँपालिका-४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा शुसान्त महताको मृत्यु भएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।

पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महतासहित अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

आइतबार राति घरमाथि रहेको जलविद्युतको नहर भत्किदा पहिरो गएको हो । पहिरोको कारण ३ घरमा समेत क्षति पुर्याएको छ ।