logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्यूठानमा एकैदिन १६ जनाले जिते कोरोना


अंकुरण खबर
988
Shares

प्यूठानमा एकै दिन १६ जना डिस्चार्ज भएका छन् ।

नौबहिनी गाउँपालिकाको गंगा माविको क्वारेन्टाइनमा बसेका उनीहरु सोमवार कोरोना संक्रमण जितेर घर गएका हुन् ।

उनीहरुको दोस्रो पटक स्वाव संकलन गरी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको नौबहिनी गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ । घर फर्कनेहरुमा नौबहिनी गाउँपालिका-६ लुङ्गका १ जना र वडा नं. ८ का १५ जना रहेका छन् ।

यसभन्दा अगाडी माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाका १/१ जना कोरोना मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ पुगेको छ ।