Breaking Newsराजनीति

अख्तियार विधेयक पारितका लागि राष्ट्रियसभामा प्रस्तुत हुँदै

राष्ट्रियसभाको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत हुने भएको छ ।

दिउँसो १ बजे शुरु भएको सभाको बैठकको संभावित कार्यसूचीमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने उल्लेख छ ।

५ दिन अघि नेकपा स्थायी कमिटीको बैठकले यो विधेयकलाई तत्काल अगाडि नबढाउने निर्णय गरेको थियो तर राष्ट्रियसभाको आजको कार्यसूचीमा राखिएको हो ।

निजी क्षेत्र पनि अख्तियारको कार्यक्षेत्र भित्र पर्ने गरी विधेयक ल्याइएको भन्दै आलोचना हुँदै आएको थियो ।

Comment here