logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना पुष्टि


अंकुरण खबर
845
Shares

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउँदै थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज परिक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टि भएको छ र बाँकी ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जनाएको छ । संक्रमितहरुको उमेर वर्ष १६ देखि वर्ष ५५ सम्मका रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरु अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने दुई जना महिला, गोदावरी न।पा.कैलाली वस्ने पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने पुरुष २ जना र पाल्पा जिल्लामा १३ जना पुरुषको कोभिड–१९ पुष्टि भएको जनाइएको छ ।