logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सलह मार्नेलाई प्रति किलो २५ रुपैयाँ दिइने निर्णय


अंकुरण खबर
1.105K
Shares

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहल किरा मार्नेलाई प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सलह किरा मार्नेलाई प्रतिकिलो २५ रुपैयाँ दिने मन्त्रीस्तरीय निर्णय भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले सलह किरा मार्नमा सहयोग गर्न प्रदेशबासीहरुलाई अनुरोध पनि गरे । यसअघि, प्रदेश–५ ले सहल मार्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।

शनिबार बिहानदेखि बारा र सर्लाही जिल्लामा पहिलो पटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेकोपछि सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयले सर्तकता अपनाउन थालेको छ ।

प्रवक्ता शर्माले सलह किरालाई सुदूरपश्चिम प्रदेशमा प्रवेश गर्न नदिन सर्तकता अपनाउने तयारी भएको जनाए । उनले आइतबार नै मन्त्रालयमा बसेको बैठकले कृषि निर्देशनालयका निर्देशकको संयोजकत्वमा दु्रत सलह नियन्त्रण समूह (टास्क फोर्स) गठन गरेको जनाए ।

यस्तै, नेपालका पूर्वी भागमा सलह किरा देखिएपछि कर्णाली क्षेत्रका स्थानीय तहलाई सर्तकता अपनाउन समन्वय गरिने निर्णय गरेको जनाइएको छ ।