logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा एक जना पुरुषको शव फेला


अंकुरण खबर
1.092K
Shares

भक्तपुरको गहिटी टोलमा रहेको पाटीमा एक जनाको शव फेला परेको छ ।

हत्या गरेर छोपी राखेको अवस्थामा प्रहरीले करिब ४५ वर्षका पुरुषको शव फेला पारेको हो । मृतकको अनुहार र चिउँडोमा चोट रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मृतकसँगै बस्ने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका ६ का इन्द्र बहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।