logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा कोरोनाका नयाँ संक्रमित दुई महिना यताकै कम


अंकुरण खबर
728
Shares

रुसमा एकैदिनमा थपिएका कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई महिनायताकै कममा झरेको छ ।

सोमबार रुसले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७१९ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या रुसको लागि गत अप्रिल २९ यताकै सबैभन्दा कम हो ।

यससँगै रुसमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४१ हजार १५६ पुगेको छ । संक्रमितको आधारमा रुस कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने तेस्रो मुलुक हो ।

अहिलेसम्म रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि नौ हजार १६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसको संक्रमणबाट ९३ जनाको मृत्यु भएको छ । अलजजिरा