logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

दाङमा थपिए ५८ कोरोना सङ्क्रमित


अंकुरण खबर
845
Shares

दाङमा सोमबार एकैदिन ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना सङ्क्रमित​ भेटिएसँगै दाङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या पाँच सय ६८ पुगेको छ । सङ्क्रमितमध्ये २२ जना महिला र ३६ पुरुष छन् ।

सोमबार भेटिएका सङ्क्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका दुई/दुई जना गरी चार जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् ।